घाइते र पीडित भेटेपछि भावुक बने देउवा, सहयोग गर्ने प्रतिवद्धता

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावाहुरीका कारण घाइते भएकाहरूलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

सोमबार बिहान वीरगञ्ज आइपुगेका देउवाले वीरगञ्जस्थित नारायणी अञ्चल अस्पताल, मेडिकल कलेज लगायतका स्थानमा पुगेर बिरामीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जानकारी दिए ।

उपचार गराई रहेका घाइते तथा बिरामी र पीडितहरूलाई भेटेपछि कांग्रेस सभापति देउवा भावुक बनेका थिए । कांग्रेसका स्थानीय नेताहरूका अनुसार विपत्तीले पुर्‍याएको नोक्सानीलाई शोकमा बदलेर पीडितहरूको उद्धार गर्नुपर्ने देउवाले बताएका छन् ।

सभापति देउवाले बिरामीहरूसँग भेटेर उनीहरूको समस्याका बारेमा पनि जानकारी माग गरेका थिए । बिरामी र पीडितहरूले खानपान, बसोबास, घर, उपचार, अंगभङ्ग भएका विषयमा चासो र चिन्ता जनाएका थिए ।

जवाफमा कांग्रेस सभापति देउवाले पीडितहरूको उपचार, उद्धार र राहत तथा पुनस्थापनाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिएको खतिवडाले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति देउवाले घाइतेहरूको उपचारमा अझै चुस्तता आवस्यक रहेको भन्दै नेपाल सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरू केन्द्रबाट पठाउनु पर्ने देखिएको बताए । ‘त्यसको प्रवन्ध गर्न म सरकारसँग आग्रह गर्दछु’, उनले भनेका छन् ।

नेपाली कांग्रेसका सभापति देउवासँग सहमहामन्त्री डा.प्रकाशशरण महत, युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासहितका कांग्रेसका नेताहरू अस्पताल पुगेका थिए ।

Published : Tuesday, 2019 April 2, 11:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया