उद्धारका लागि ओखलढुंगाबाट बारा–पर्सा आइपुगे कांग्रेस नेता खतिवडा

बारा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले भूकम्पपीडितहरूलाई जस्तै राहत र घर बनाउन सहयोग दिनुपर्ने माग गरेका छन् ।

बारा र पर्साका हावाहुरीबाट पीडितहरूको अवस्था बुझन् परवानीपुरको चैनपुरमा सोमबार साँझ आइपुगेका नेता खतिवडाले पीडितलाई घर बनाउन तत्कालनका लागि अनुदानमा पाँच लाख दिनुपर्ने माग गरे ।

‘भूकम्पपीडितहरूलाई जस्तै गरेर सहयोग गर्न हामीले माग राख्छौँ’, उनले भने, ‘पीडितहरूलाई राहत दिन कुनै पनि कञ्जुस्याइँ गर्नु हुँदैन ।’

नेपाली कांग्रेसले पनि राहत घोषणा गरेको बताएका नेता खतिवडाले भने, ‘हावाहुरी पीडितलाई तेरो र मेरा नभनेर पीडा महशुस गरेर राहत वितरण गर्नुपर्छ । कांग्रेसले यो विषयलाई निगरानी गर्नेछ ।’

बारा जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने कांग्रेसका प्रदेश सांसद विजय गुप्ताले बारा जिल्लामा ठूलो नोक्सानी भएको बताए ।

‘हामी सबैको प्रयासबाट हावाहुरी पीडितको सहयोगमा काम गर्नुपर्छ’, उनले भने, ‘पीडितहरूको उद्धार र राहतमा नेपाली कांग्रेसको तर्फबाट सबै प्रकारका सहयोग रहनेछ ।’

नेपाली कांग्रेस बाराका स्थानीय नेता तथा कार्यकर्ताहरूसहित प्रभावित क्षेत्रमा आइपुगेका खतिवडाले तराईमा समस्या पर्दा पहाडलाई पनि दुःखपीडा हुने बताए ।

‘म ओखलढुंगाको व्यक्ति हुँ । तर, तराईमा विपत्ती आउँदा यसलाई मैले पनि महशुस गर्नुपर्छ । त्यही महशुस गर्न र पीडा बाँड्न आएको छु’, खतिवडाले भने ।

Published : Tuesday, 2019 April 2, 11:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया