कांग्रेसद्वारा उद्धार र राहत कार्यमा जुट्न शुभेच्छुकहरूसँग अपील

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आइतबार साँझ बारा र पर्सा लगायत तराईका केही स्थानहरूमा अकस्मात आएको असिनापानी सहितको विनाशकारी आँधिहुरीले गर्दा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार अपील जारी गरेर घाइतेहरूको उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित हुन गएका परिवारहरूको पुनस्र्थापनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।

‘यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अपर्णका साथै शोक सन्तप्त परिवारजन तथा आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं’, खाँणले भनेका छन् ।

विपतको यस घडीमा नेपाली कांग्रेससँग सम्बद्ध सबै भातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरूलाई उद्दार एवं राहत कार्यमा सकृयतापुर्वक जुट्न संसदीय दलले अपील गरेको छ ।

Published : Monday, 2019 April 1, 11:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया