बारा–पर्साको विपतीबाट कांग्रेस महामन्त्री डा.कोइराला मर्माहत, सहयोगको अपील

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बारा र पर्सा जिल्लामा भएको विनाशकारी विपतीबाट आफू र नेपाली कांग्रेस पार्टी मर्माहत भएको बताएका छन् ।

पाल्पाबाट आइतबार बिहान दुःख व्यक्त गर्दै महामन्त्री डा.कोइरालाले बारा–पर्सामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मी, कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता र सर्वसाधारण सबैप्रति धन्यावाद ज्ञापन गरेका छन् ।

विपतीको यस घडीमा तेरो र मेरो केही पनि नभनेर पीडितहरूको उद्धार र राहतमा ध्यान दिन सबैमा कांग्रेसका महामन्त्री डा.कोइरालाले अपील गरेका छन् । उनले भनेका छन्, ‘यस दुखद् घडीमा हामी सबै मिलेर सामना गर्नुपर्छ । मृतकका आफन्त र घाइते परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्दछु ।’

नेपाली कांग्रेसका महामन्त्री डा.कोइरालाले हावाहुरीबाट घर भत्किएकाहरूलाई उचित क्षतिपूर्ति र राहत दिन पनि माग गरेका छन् ।

डा.कोइरालाले नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई उद्धारमा खटिन अपील गरेका छन् । उनले घाइतेहरूको उपचारमा सक्रिय हुन आग्रह गर्दै रगत अभाव भएका अस्पतालमा पुगेर रक्तदान गर्न आग्रह गरेका छन् ।

Published : Monday, 2019 April 1, 8:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया