अमेरिकाबाट गगनले भने, ‘आँधी आए तराईमा पहाडले छेक्नु पर्छ’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले बारा–पर्सा जिल्लामा भएको मानवीय क्षति र प्रकृतिक विपत्तीले आफूलाई मर्माहत बनाएको जनाएका छन् ।

थापाले आइतबार बिहान फेसबेकुमा स्टाटस लेखेर आइतबार राति भएको भीषण हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जलि र घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।

‘अहिले बारा र पर्साबासीमा सबैको सहयोगको खाँचो रहेको छ’, थापाले भनेका छन्, ‘आँधी आए तराईमा पहाडले छेक्नु पर्छ भनेझैं सबैलाई यस विपत्तीको सामना गर्न सहयोग गर्न अपील गर्दछु ।’

अध्ययनका लागि युवा नेता थापा एक हप्तादेखि अमेरिकामा छन् । उनले अमेरिकाबाट फेसबुकमा स्टाटस पोस्ट गरेर बारा र पर्साको विपत्तीमा चिन्ता जनाएका हुन् ।

बारा र पर्सा जिल्लामा आइतबार साँझ अकस्मात आएको हावाहुरीले २७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । हावाहुरीका कारण चार सयभन्दा धेरै सर्वसाधारण घाइते भएका छन् ।

ती दुई जिल्लामा करोडौंको नोक्सानी भएको छ । भत्किाए घर र गोठहरू मर्मत सम्भारका लागि लाखौँ खर्च हुनेछ । नेपाली कांग्रेसले सरकारसँग पीडितहरूलाई राहत प्रदान माग गरेको छ ।

Published : Monday, 2019 April 1, 8:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया