बारा र पर्सामा २७ को मृत्यु, ४ सयभन्दा धेरै घाइते

वीरगञ्ज । आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा धेरै सर्वसाधारण घाइते भएका छन् ।

प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले बारा जिल्लाको भलुई भरवलियामा उद्दार गरिएको छ । घाइते सबैलाई अस्पताल पठाइएको छ । भुलाई भरवलियामा ६ जनाको शव भेटिएको छ ।

कलैया र आसपासका क्षेत्रबाट स्थानीयहरू उद्दारका लागि आइरहेको जानकारी प्राप्त भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार हावाहुरीमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । पर्साका एकजनाको शव भेटिएको एसपी रेवती ढकालले जनाएका छन् ।

हुरीले वीरगञ्ज जितपुर राजमार्गका दर्जनौँ स्थानमा बिजुलीका पोलमा क्षति र्पुयाएका कारण वीरगञ्ज र बाराका विभिन्न गाउँमा बेलुकी साढे ७ पछि बिजुली छैन ।

नारायणी अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा ठाउँ नभएर आउने सबै घाइतेहरूलाई नेसनल मेडिकल कलेजमा पठाइएको पर्साका एसपी रेवती ढकालले जानकारी दिएका छन् ।

यसैबीच, अधिकांश घाइतेहरू भोकै छन् । खाना खाने समयमा नै हावाहुरी चलेकोले अधिकांशले केही खान पाएका छैनन् ।

नेपाली सेना र प्रहरीले अस्पतालमा घाइतेहरूलाई चिया र बिस्कुट बाँडको छ ।

उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार हालसम्म कलैया अस्पतालमा मात्रै १५ वटा शव रहेका छन् भने ४ वटा शव गाउँबाट अस्पतालमा ल्याइँदै छ। यस्तै वीरगन्जको नारायणी अस्पतालमा ३, नेशनल मेडिकल कलेजमा ४ र हेल्थ केयर अस्पतालमा १ जनाको शव रहेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरी उद्धार गर्ने काम भइरहेको छ ।

लगभग आधा घण्टामात्रै चलेको भिषण हावाहुरीका कारण भारतसँग सीमाना जोडिएका गाउँहरु मात्रै धेरै प्रभावित भएका छन् ।

Published : Monday, 2019 April 1, 6:06 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया