ओखलढुंगामा जीप दुर्घटना, छ जनाको मृत्यु

काठमाडौं । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ मा भएको जिप दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान सोलुखुम्बुको सल्लेरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो जिप मानेभञ्ज्याङ गाउँपालिकाको दरुवामा दुर्घटना भएको हो ।

घाइतेको उदयपुरको घुर्मीस्थित आस्था हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङका ४५ वर्षीय साङ्गेल शेर्पा, ५५ वर्षीय मिङ्मा शेर्पा, काठमाडौं बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ३० वर्षीय वाङ्दा शेर्पा, ४५ वर्षका डोमा शेर्पा र ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार दुर्घटनाग्रस्त जिपका चालक काठमाडौं बौद्धका अन्दाजी २५ वर्षका कृष्ण श्रेष्ठ रहेका छन् ।

काठमाडौं बौद्ध बस्ने मृतक डोमा शेर्पाका अन्दाजी १० वर्षका छोरा ङिमा शेर्पा र काठमाडौं नयाँवस्ती बस्ने अन्दाजी ४५ वर्षका कुङसिङे शेर्पाको अवस्था गम्भीर छ ।

Published : Sunday, 2019 March 31, 4:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया