कम्युनिस्ट अरिंगालहरूलाई विद्यार्थीको भविष्यमाथि खेल्ने अधिकार छैनः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारका अरिंगालहरूलाई एसईई दिइरहेका विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिएका छन् ।

युवा नेता खतिवडाले शनिबार ट्वीट गर्दै एसईई दिइरहेका प्रदेश २ का विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने अधिकार कम्युनिस्ट सरकार र उसका अरिंगालहरूलाई नरहेको बताएका हुन् ।

खतिवडाले प्रदेश २ का एसईई दिइरहेका विद्यार्थीको मागप्रति ऐक्यवद्धता जनाउँदै कम्युनिस्ट सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । शिक्षामन्त्री पोखरेलको लापरवाहीकै कारण प्रदेश २ का विद्यार्थीले समस्या भोग्नु परेको उनले बताएका छन् ।

कांग्रेसका युवा नेता खतिवडाले कम्युनिस्ट सरकारका अरिंगालहरूलाई सचेत गराउँदै देशको भविस्य अन्धकार नबनाउन चेतावनी दिएका छन् ।

पूर्वसासद खतिवडाले ट्वीट गर्दै लेखेका छन्, ‘राज्यको कुनैपनि काम र कुरासँग संवेदनशीलता रहेन । एसईई दिने विद्यार्थीलाई समेत २ नं. प्रदेशमा सरकार खेलबाड गर्दैछ ।’

 

‘अरिंगालहरू जनतालाई ‘टोक्नसम्म टोक, ठोक्नसम्म ठोक’ तर, देशको भविस्य अन्धकार नबनाउ’, उनले भनेका छन्, ‘कि २ नं. प्रदेशमा विद्यार्थीको माग पूरा गर । कि शिक्षामन्त्री राजीनामा देउ ।’

विद्यार्थीको भविस्यमाथि खेलवाड गरेको भन्दै प्रदेश २ का विद्यार्थीले आन्दोलन चलाएका छन् । उनीहरूले आफूहरूको भविस्यसँग खेलवाड गर्ने मन्त्री र सरोकारवाला निकायलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

विद्यार्थीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पनि राजीनामा माग गरेका छन् । प्रश्नपत्र आउट भएपछि प्रदेश २ को एसईईको परीक्षा स्थगित भएको छ ।

Published : Sunday, 2019 March 31, 9:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया