कम्युनिस्ट सरकारले सबैको विश्वास गुमायो : डा.नारायण खड्का

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले कम्युनिस्ट सरकार रहेसम्म नेपालमा उदारीकरण व्यापार सफल नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.खड्काले कम्युनिस्ट सरकारलाई उदारीकरणमा विश्वास गर्ने व्यापारीहरूले विश्वास नगर्ने बताए ।

‘कम्युनिस्ट सरकारलाई उदार अर्थतन्त्र भएका मुलुकहरूले विश्वास गर्दैनन्’, उनले भने, ‘नेपालको कम्युनिस्ट सरकारमाथि विश्वजतको अविश्वास छ ।’

उनले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रष्टाचारका कारण बदनाम भएको आरोप लगाए । ‘कम्युनिस्टको सरकार बनेपछि भ्रष्टाचार बढेको छ । अन्तर्राष्ट्रिय रुपमा खड्गप्रसाद ओलीजीको सरकार बदनाम भएको छ ।’

विश्वका १ सय ९७ देशमा नेपाल १ सय १०औँ नम्बरमा भ्रष्टाचारको सूचीमा रहेको भन्दै कांग्रेस नेता डा.खड्काले चिन्ता जनाए ।

डा.खड्काले दुई तिहाइकै कारण देशमा राजनीतिक सन्तुलन नआउने बताए । ‘खड्गप्रसाद ओलीजीले असन्तुष्ट समूहलाई ठेगान लगाउँछु भन्नु हुन्छ । सहकार्य र सहमति भुल्नु भएको छ’, उनले भने, ‘यसरी देशमा स्थायी राजनीति हुँदैन ।’

Published : Saturday, 2019 March 30, 10:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया