अष्ट्रेलियामा ठूलो दुर्घटना, एकजना नेपालीको मृत्यु, पाँचजना घाइते

सिड्नी । अस्ट्रेलियाको सहर सिड्नीबाट अल्बतर्फ जाँदै गरेको कार दुर्घटनामा परेर एकजना नेपालीको मृत्यु भएको छ ।

कारमा ५ जना नेपाली सवार थिए । कारमा ५ जना नेपाली सवारी थिए ।

एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जनाको उपचार भइरहेको छ ।

आर्यन आचार्यको घटना स्थलमै मृत्यु भएको अष्ट्रेलियाको न्यूसाउथवेल्स प्रहरीका जनाएको छ ।

आचार्यसहित ५ जना सवार रहेको कारको अघिल्लो सिटमा बसेका थिए ।

गाडी तीव्र गतिमा भएका कारण अनियन्त्रित भई सडक छेउको रूखमा ठोकिएर दुर्घटनामा परेको थियो ।

रूखमा ठोकिएपछि बल्ड्याङ खाँदै दुर्घटना ग्रस्त भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिब साढे सात बजेको यो घटनामा कार चालक बलराम पराजुली गम्भीर घाइते भएका छन् ।

उनको उपचार अल्बरी अस्पतालमा हुन नसकेपछि क्यानबेरा रेफर गरिएको छ ।

त्यहाँ उनको उपचार जारी रहेपनि स्थिति चिन्ताजनक रहेको बताइएको छ ।

कारको पछिल्लो सिटमा बस्ने तीनजना अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदीको उपचार अल्बरी अस्पतालमा भइरहेको छ ।

घटना ह्युम हाईवे मुलेन्ड्रामा भएको हो । पछिल्लो सिटमा बसेका तीनैजनालाई ईमर्जेन्सी सर्भिसले कारको पछिल्लो सिटमा च्यापिएको अवस्थामा उद्धार गरेको हो ।

गम्भीर घाइते चालक पराजुलीलाई भने हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो ।

प्रहरीले घटनाका प्रत्यक्षदर्शी या यस विषयमा केही जानकारी भए क्राईम स्टपर्स १८०० ३३३ ००० नम्बरमा फोन गरेर जानकारी उपलब्ध गराउन पनि आह्वान गरेको छ ।

पछिल्लो समय नेपाली विद्यार्थी सडक दुर्घटना, पानीमा डुबेर लगायतका घटनामा पर्ने क्रम बढेको छ ।

घटनाको कारणका विषयमा अष्ट्रेलियन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Published : Friday, 2019 March 29, 11:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया