कांग्रेस सभापतिसहित केन्द्रीय नेताहरूलाई गालीगलौज नगर्न तरुण दलको चेतावनी

काठमाडौं । नेपाल तरुण दलले आफ्ना पार्टी सभापति र पार्टीका नेताहरूलाई आधारहीन आरोप लगाउँदै गालीगलौज गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूमाथि आक्षेपहरू नलगाउन चेतावनी दिएका छन् । उनले पार्टीभित्र अनशासन र मर्यादाभित्र बस्न सबैलाई आग्रह गरेका छन् ।

‘सैद्धान्तिक रुपमा दृढ र अनुशासित पार्टी नेपाली कांग्रेसमा पार्टीलाई कमजोर बनाउने विभिन्न अभिव्यक्ति र गतिविधिप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

तरुण दलका अध्यक्ष बस्नेतले यस्तो कार्यप्रति पार्टीका कुनै पनि कार्यकर्ता र तरुणहरुलाई सैह्य नहुने जनाएका छन् ।

राष्ट्रियता सम्बर्द्धन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा एवं जनअधिकारको जगेर्ना गर्ने दायित्व नेपाली कांग्रेसको काँधमा रहेको उल्लेख गर्दै बस्नेतले कांग्रेसका नेताहरूको मर्यादाको रक्षा र नेपाली कांग्रेसको रक्षाका लागि तरुण दलले आवश्यक ठोस कदम चाल्ने अवस्थाको सिर्जना भएमा त्यसका लागि तरुण दल तयार रहेको जनाएका छन् ।

नेपाल तरुण दलले कांग्रेसको हित र अनुशासन विपरीत पार्टीका नेताहरूलाई मिथ्या आरोप लगाउने कार्य भएकाले त्यस्तो कार्य गर्ने नेता कार्यकर्ताहरूलाई अनुशासनको कारबाही गर्न पार्टीको सम्बन्ध निकायसँग जोडदार माग समेत गरेको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य एवम् क्यासिनो माफिया राजेन्द्र बजगाइँले सभापति शेरबहादुर देउवालाई कारबाहीको माग गर्दै पार्टी कार्यालय सानेपामा उजुरी दर्ता गराएपछि नेपाल तरुण दलले आक्रोश जनाएको हो ।

सभापति देउवाविरुद्ध उजुरी दर्ता गराउनु अगाडि क्यासिनो माफिया बजाइँले बालुवाटारको एउटा होटेलमा गत शनिबार महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालसँग मदिरासहितको पार्टी गरेर योजना बनाएका थिए ।

विवादास्पद व्यापारी बजाइँले डा.कोइराला र डा.रिजालसँग गरेको गोप्य बैठकको तस्वीरसहितको समाचार शुक्रबार बिहान रिपब्लिका दैनिकले सम्प्रेषण गरेको थियो । त्यसपछि डा.रिजालले समाचारको खडण्डन गर्दै फेसबुकमा स्टाटस लेखेका छन् ।

विवादास्पद व्यापारी बजगाइँले करोडौँ रुपियाँ स्वीस बैंकमा लुकाएर राखेको खोज पत्रकारिता केन्द्रले केही महिना अगाडि रिपोर्ट समेत सार्वजनिक गरेको थियो ।

Published : Friday, 2019 March 29, 10:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया