एघार विद्यार्थीले मागे कम्युनिस्ट सरकारका मन्त्रीको राजीनामा, ओलीलाई झट्का

काठमाडौं । नेपाली कांग्रेसी निकट नेपाल विद्यार्थी संघ नेविसंघ) सहितका ११ विद्यार्थी संगठनले एसईई परीक्षामा प्रश्न पत्रमा भएको त्रुटि र प्रश्न पत्र बाहिरिएको विषयमा कम्युनिस्ट सरकारको चरमलापर्वाही भएको भन्दै आलोचना गरेका छन् ।

काठमाडौंमा शुक्रबार बसेको संयुक्त प्रतिपक्षी विद्यार्थी संगठनहरूको बैठकले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको चर्तिकलाको आलोचना गरेको हो । बैठक अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा बसेको थियो ।

‘यही चैत १० गतेदेखि शुरु भएको एसईई परीक्षाको प्रश्नपत्र त्रुटिपूर्ण हुनु गम्भीर लापरवाही र प्रश्नपत्र बाहिरिनु सरकारको गैरजिम्मेवारीपन हो’, बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यसले लाखौं विद्यार्थीको भविष्यमाथि ठूलो खेलवाड भएको छ । यस्ता क्रियाकलापको घोर विरोध एवम् भर्त्सना गर्दछौं ।’

‘नैतिकताको आधारमा शिक्षामन्त्रीको राजीनामा र उक्त क्रियाकलापमा संलग्न दोषीउपर कडाभन्दा कडा कारवाही गर्नसमेत जोडदार माग गर्दछौं’, नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले भने ।

‘संयुक्त प्रतिपक्षी विद्यार्थीको आयोजनामा चैत १५ गते गर्ने भनिएको कार्यक्रम विशेष कारणवश स्थगित भएकोले उक्त कार्यक्रम चैत २९ गते १ बजे राष्ट्रिय सभागृहमा गर्ने निर्णय गरिएको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले लाखौँ विद्यार्थीको भविष्यलाई सामान्य रुपमा लिएको भन्दै नेविसंघको पूर्वउपाध्यक्ष शाहले भने, ‘गैरजिम्मेवार रुपमा रहेका कम्युनिस्ट सरकारका शिक्षामन्त्री पदमा बस्नुको कुनै अर्थ छैन । राजीनामा दिनुपर्छ ।’

सरकारमा सहभागी नभएका दलहरू आबद्ध ११ संयुक्त विद्यार्थी संगठनहरूले ओली नेतृत्वको कम्युनिस्ट सरकार दिन प्रतिदिन निरंकुश बन्दै गएको आरो पनि लगाएका छन् ।

शान्ति सुरक्षा र देशलाई असफल बनाउन ओली नेतृत्वको कम्युनिस्ट सरकार सक्रिय रहेको नेविसंघका उपाध्यक्ष शाहले बताए । ‘यो कम्युनिस्ट सरकार निरंकशु बन्न एसईईको परीक्षालाई समेत बदनाम र असफल बनाउन लागेको छ’, उनले भने, ‘यस्ता हर्कतको ११ विद्यार्थी संगठनलाई मान्य छैन ।’

संयुक्त प्रेस विज्ञप्ति

आज मिति २०७५ चैत १५ गते संयुक्त प्रतिपक्षी विद्यार्थी संगठनहरुको बैठक अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजार, काठमाडौंमा बस्यो । उक्त बैठकले निम्न निर्णयहरु गरेको छ ।

१. यही चैत १० गतेदेखि सुरु भएको एसईई परीक्षाको प्रश्नपत्र त्रुटिपूर्ण हुनु गम्भीर लापरवाही र प्रश्नपत्र बाहिरिनु सरकारको गैरजिम्मेवारीपन हो । यसले लाखौं विद्यार्थीको भविष्यमाथि ठूलो खेलवाड भएको छ । यस क्रियाकलापको घोर विरोध एवं भत्सर्ना गर्दछौं । नैतिकताको आधारमा शिक्षामन्त्रीको राजीनामा र उक्त क्रियाकलापमा संलग्न दोषीउपर कडाभन्दा कडा कारवाही गर्नसमेत जोडदार माग गर्दछौं ।

२. संयुक्त प्रतिपक्षी विद्यार्थीको आयोजनामा चैत १५ गते गर्ने भनिएको कार्यक्रम विशेष कारणवश स्थगित भएकोले उक्त कार्यक्रम चैत २९ गते १ बजे राष्ट्रिय सभागृहमा गर्ने निर्णय गरिएको छ ।

Published : Friday, 2019 March 29, 9:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया