चण्डेश्वरलाई नारायणकाजीले जिताइदिने, कांग्रेसका पाँच भाई विद्रोहीको साथ

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रगतिशील समूहको तर्फबाट अध्यक्षमा उम्मेदवार बनेका चण्डेश्वर श्रेष्ठले आफूलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको ‘मान्छे हुँ’ भनेर परिचय गराउने गरेको खुलासा भएको छ ।

तत्कालीन जनमोर्चा पृष्ठभूमि भएका श्रेष्ठले आफूलाई नारायणकाजी श्रेष्ठले साथ दिएको बताउने गरेका हुन् । आफूलाई नारायणकाजी श्रेष्ठले जसरी पनि जिताउने भनेर अभिव्यक्ति दिने गरेको एकजना कानून व्यवसायीले बताए ।

निर्वाचनमा मत माग्ने क्रम तिब्र भइरहेका बेला चण्डेश्वर श्रेष्ठले नारायणकाजी श्रेष्ठलाई बीचमा ल्याएर विवाद खडा गरेका छन् । उनको यो कार्यबाट प्रगतिशील समूहबाट उम्मेदवार बनेकाहरूलाई घाटा पुग्न गएको छ ।

आफू निकटका केही कानून व्यवसायीहरूसँगको गोप्य भेट र कुराकानीका क्रममा चण्डेश्वर श्रेष्ठले नारायणकाजी श्रेष्ठको आफूलाई साथ रहेकाले अध्यक्षमा विजयी हुने बताउने गरेका छन् ।

ललितपुर जिल्लाको पाटन क्षेत्रमा घर भएका चण्डेश्वर श्रेष्ठलाई राजधानी उपत्यकाभन्दा बाहिरका कानून व्यवसायीहरूका बारेमा धेरै जानकारी छैन भन्ने आराप छ ।

आफ्नो ‘ल’ फर्मबाट ३–४ जनासम्मलाई न्यायाधीश बनाइ सकेका चण्डेश्वर श्रेष्ठ कसैको पनि निःशुल्क बसह गर्दैनन् । तर, लोकतान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका सुनिलकुमार पोखरेल पैसा नहुने असाह्यका लागि निःशुल्क बहस गर्छन् ।

केही महिना अगाडि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को तर्फबाट पनि बसह गरिदिएका थिए ।

चण्डेश्वर श्रेष्ठले आफ्नै पार्टीका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई टेर्दैनन् । उनीहरूका बीच राम्रो सम्बन्ध छैन ।

अध्यक्षका प्रत्यासी बनेका चण्डेश्वर श्रेष्ठलाई जातीयताका कुरा धेरै गर्ने अधिवक्ताका रुपमा समेत कानून व्यवसायीहरूले चिन्छन् ।

चैत १६ गते देशभरि नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि देशभरि निर्वाचन हुँदै छ ।

कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल अध्यक्षमा उम्मेदवार बनेका छन् ।

प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठभन्दा लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेल कानून व्यवसायीहरूसँग घुलमिल गर्न सक्ने र साथीहरूका लागि जस्तो पनि सहयोग गर्न तयार रहने व्यक्तिका रुपमा परिचय बनाएका छन् ।

दुई दिन अगाडि ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलाले सोधेको प्रश्नको जवाफमा चण्डेश्वर श्रेष्ठले भनेका छन्, ‘म सत्तारुढ नेकपाको उम्मेदवार होइन । मलाई देशभरिका कानून व्यवसायीहरूले मत दिनुहुन्छ । म कुनै दलको होइन ।’

सोही कार्यक्रममा सुनिलकुमार पोखरेलले आफूले कुनै दल विशेषमा आस्था राख्ने भन्दै लोकतान्त्रिक बिचारको सम्मान गर्न कानून व्यवसायीहरूलाई अपील गरेका छन् ।

यसैबीच, लोकतान्त्रिक समूहलाई हराउन कांग्रेस निकटका वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, मावध बास्कोटा, यदुनाथ खनाल, महादेव यादव, यज्ञमूर्ति बञ्जाडे सक्रिय भएको रहस्य पनि बाहिर आएको छ । उनीहरूले सुनिलकुमार पोखरेललाई हराउन भित्रभित्रै अभियान चलाएको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस निकटका उनीहरूले पटक पटक राजनीतिक लाभ लिइसकेका छन् । तर, यस पटक उनीहरूले आफ्नै पार्टी निकटका पोखरेललाई हराउन लागेका हुन् ।

Published : Thursday, 2019 March 28, 9:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया