गृह मन्त्रालयद्वारा पाँच जिल्लाका सिडिओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको (सिडिओ) सरुवा गरेको छ ।

गृह मन्त्रालयले बिहीबार उपसचिवको दरबन्दी भएका चार जिल्लाका सिडिओहरूको सरुवा गरेको स्रोतले जनाएको छ ।

सह–सचिवको दरबन्दी भएको एक जिल्लाका सिडिओको पनि गृह मन्त्रालयले हेरफेर गरेको छ ।

लमजुङमा मन्त्रालयबाट डा.डिजन भट्टराईलाई सरुवा गरेर पठाइएको छ ।

लमजुङका सिडिओ झंक ढकाललाई गृह मन्त्रालयमा सरुवा गरेर तानिएको छ ।

अध्यागमन विभागमा कार्यरत विष्णुहरि उपाध्यायलाई खोटाङ, गणेश आचार्यलाई ओखलढुंगा र ढोलकराज ढकाललाई हुम्लामा सरुवा गरिएको छ ।

सहसचिव यज्ञराज बोहरालाई कैलालीको सिडिओमा सरुवा गरिएको छ । बोहरा कर्णाली प्रदेशमा कार्यरत थिए ।

Published : Thursday, 2019 March 28, 9:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया