कांग्रेसले जित्छ जनताको मन, कम्युनिस्टहरू असफल भएः डा.शशांक कोइराला

घोराही । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले शहीदहरूको बलिदानबाट भएको परिवर्तनलाई संस्थागत गर्नु सबैको दायित्व भएको बताएका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा मारिएका घोराही उपमहानगरपालिका–१९ सैँघाका नेपाली कांग्रेसका नेताहरू माधव रावत र लालबहादुर घर्तीको स्मृतिमा निर्माण गरिएको शालिकको मंगलबार अनावरण गर्दै महामन्त्री डा.कोइरालाले शहीदहरूको बलिदानलाई भुल्न नहुने बताए ।

शहीदको बलिदानीको सम्मान र प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व सबै राजनीतिक दलहरूको भएको उनले बताए ।

महामन्त्री डा.कोइरालाले सहकार्यबाटै समृद्धि सम्भव हुने धारणा राखेका छन् । महामन्त्री डा.कोइरालाले नेपालका हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको जिकिर गर्दै वर्तमान सरकारले जनता मत जिते पनि मन जित्न नसकेको टिप्पणी गरे ।

महामन्त्री डा. कोइरालाले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर एकलौटी अघि बढ्दै आएको आरोप लगाएका छन् ।

सहकार्य र सहमतिबाटै विकास सम्भव हुने भन्दै उनले दम्भले कसैको पनि हित नहुने बताए । जनमतलाई समृद्धिसँग जोड्न जनताकै बीचमा जानुपर्ने भन्दै डा.कोइरालाले राजनैतिक सहमति पनि खोज्नुपर्ने बताए ।

महामन्त्री डा.कोइरालाले नेपालका हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको जिकिर गर्दै वर्तमान सरकारले जनता मत जिते पनि मन जित्न नसकेको टिप्पणी गरेका छन् ।

उनले आ–आफ्नो गाउँ ठाउँको विकासमा सशक्त भएर लाग्न र पार्टीलाई एकता बनाउन नेता कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए ।

नेपाली कांगे्रसले सैँघाको लाकुरीडाँडामा शहीद रावत र घर्तीको शालिक निर्माण गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले निर्माण गरेका शालिक तथा पार्टी कार्यालय निर्माण गरेको छ ।

नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १९ का पार्टी सभापति ज्ञानबहादुर रायमाझीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा महामन्त्री डा.कोइरालासँगै केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, दीपक गिरी, गुरु घिमिरे, कल्याण गुरुङ, किशोरसिंह राठौर, सञ्जय गौतम, राष्ट्रिय सभाकी सांसद अनिता देवकोटा, प्रदेश सांसद डिल्लीबहादुर चौधरी, पूर्वसांसद राजु खनाल, दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का, जानकीलाल बस्नेत, शंकर डाँगी, पोषण केसी, विपुल पोखरेललगायतको सहभागिता रहेको थियो ।

रावत र घर्तीलाई तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेका थिए ।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले पार्टीलाई एक ढिक्का बनाउने अभियानमा रहेको बताएका छन् ।

मंगलबार नेपाल प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा.रिजालले नेपाली कांग्रेस जनजागरण अभियानमा रहेको बताए ।

नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिकामा रहेको भन्दै उनले आगामी निर्वाचनमार्फत् पहिलो पार्टी बन्ने अभियानमा रहेको बताए ।

Published : Wednesday, 2019 March 27, 6:28 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया