बिना मगरले भ्रष्टाचार गरेको भन्दै रञ्जु दर्शनाले दिइन् उजुरी

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारमा खानेपानी तथा सरसफाइमन्त्रीको जिम्मेवारी लिएकी बिना मगरबिरुद्ध भ्रष्टाचार गरेको अभियोगमा उजुरी परेको छ ।

विवेकशील नेपाली दलको तर्फबाट नेतृ रञ्जु दर्शनाले मन्त्री मगरविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेकी हुन् ।

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएकी हुन् ।

उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको छ ।

खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरवाहीका कारण मेलम्ची आयोजना पूरा नभएको विवेकशीलको ठहर छ ।

मेलम्ची प्रकरणमा विवादहरू आउन थालेपछि केही समयअघि मन्त्रि मगरले सचिव गजेन्द्र ठाकुरको सरुवा गरेकी थिइन् ।

यसै विषयमा संसदको अर्थ समिति र संसदमा पनि उनीमाथि प्रश्न उठाइएको थियो ।

सत्तारुढ नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी समेत रहेकी मन्त्री मगरले आफ्नो मन्त्रालयमा कार्य सम्पादन गर्न नसकेको भनेर आलोचना समेत हुँदै आएको छ ।

Published : Tuesday, 2019 March 26, 7:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया