कांग्रेसको हित विपरितका कार्य नगर्न आग्रह, अनुशासन समितिको कार्यविधि तयार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले आफ्नो कार्यविधि पारित गरेको छ ।

समितिको मंगलबार बसेको पहिलो बैठकले कार्यविधि २०७५ लाई पारित गरेको हो ।

समितिका संयोजक एवम् केन्द्रीय सदस्य भीष्मराज आङ्गदम्वेको अध्यक्षतामा बसेको बैठकले पार्टी हित विपरितका कुनै पनि कार्य गर्नेहरूविरुद्ध उजुरी दिन आग्रह गरेको छ ।

‘पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि काम, कारवाई र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाई र गतिविधिका विरुद्धमा प्रमाण सहित २०७५ चैत मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरू उपर मात्र केन्द्रीय अनुशासन समितिले छानविन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ’, विज्ञप्तिमा भनिएको छ ।

‘पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरितका काम, कारवाई र गतिविधिहरु लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जाल मार्फत सार्वजनीक रुपमा प्रकट गरेमा त्यस्ता काम, कारवाई र गतिविधिहरू पार्टी विधान र नियमावली बमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकोले त्यस किसिमका गतिविधिहरु नगर्न नगराउन सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराईन्छ’, समितिको विज्ञप्तिमा भनिएको छ ।

Published : Tuesday, 2019 March 26, 7:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया