ओली सरकारको निरंकुशता कांग्रेसले खारेज गर्छः डिला संग्रौला

बुटवल । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् सांसद डा.डिला संग्रौलाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकार एकपछि अर्को गर्दै निरंकुश बन्दै गएको दाबी गरेका छिन् ।

उनले ओलीले आफूमा राज्यका शक्तिहरू केन्द्रिकृत गर्नु, स्वतन्त्र प्रेस र सामाजिक सञ्जालमाथि अंकुश लगाउने कार्यले देशमा निरंकुशता बढ्दै गएको बताइन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.संग्रौलाले सरकारले सीके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले फेरि मुलुकमा निरंकुशता जन्माउन सक्ने बताइन् ।

डा.संग्रौलाले राष्ट्रियता र स्वाभिमानमा आँच आउन नदिन नेपाली कांग्रेसले ध्यानाकर्षण र खबरदारी जारी राख्ने सो क्रममा बताइन् ।

मुलुक संघीयतामा गइसकेपछि पनि प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाको अधिकार दिन खोज्नु संविधानको मर्म विपरीत भएको जिकिर गर्दैै उनले पार्टीको विरोध हुँदाहुँदै सवैधानिक परिषदले एकलौटी गर्नु निन्दनीय भएको बताइन् ।

उनले प्रदेशभित्रको सुरक्षाको जिम्मा र अधिकार मुख्यमन्त्रीलाई दिनुपर्ने पनि धारणा राखिन् ।

संग्रौलाले विरोधको सूचना माथि छलफल नभएसम्म प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस काग्रेसका सभापति शेर बहादुर देउवा संवैधानिक परिषदको बैठकमा सहभागि नहुने पनि बताइन् ।

नेपाल महिला संघकी निवर्तमान सभापति समेत रहेकी डा. संग्रौलाले निर्मला हत्याकाण्डका दोषीलाई प्रधानमन्त्री र गृहमन्त्रीले सिंहदरवारबाटै संरक्षण गरेको आरोप लगाइन् ।

संग्रौलाले बहुमतको सरकार आएको एक वर्ष वितिसक्दा पनि मुलुकमा शान्ति र सुशासन कायम हुन नसकेको बताउँदै सरकारले भ्रष्टाचार, महंगीलाई प्रशय दिएको आरोप लगाइन् ।

Published : Tuesday, 2019 March 26, 12:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया