नेविसंघका नेताको गाडीमा तोडफोड

गैंडाकोट । नेपाल विद्यार्थी संघ नवलपुर जिल्लाका सहसचिव रविनजङ्ग कार्कीको गाडी तोडफोड भएको छ ।

शुक्रबार बिहान करीव २ बजे अपरिचित समूहले कार्कीको गाडीमा क्षति पु¥याएको हो । दुई तिहाइको कम्युनिस्ट सरकार बनेसँगै कांग्रेस र उसका शुभेच्छुक एवम् भातृ संस्थाका नेता कार्यकर्तामाथि आक्रमण बढ्दै गएको आरोप छ ।

गैंंडाकोट मोलाकालिका मन्दिर जाने बाटोस्थित घर अगाडि रहेको बा १५ च ९८४७ नम्बरको सिलभर कलरको होण्डा मोबिल्यो गाडीमा तोडफोड भएको कार्कीले बताए । गाडीमा तोडफोड गरेपछि सो समूह भागेको थियो ।

तोडफोडबाट गाडीको सिसा र बडीमा क्षति पुगेको छ । तोडफोडबाट करीव ३ लाख बराबरको नोक्सानी भएको सहसचिव कार्कीले बताए ।

नेविसंघ नवलपुर जिल्लाका सहसचिव कार्कीको गाडीमा राजनीतिक समूहले तोडफोड गरेको हुन सक्ने अनुमान गरिएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटको पूर्वतर्फ १०० मिटर अगाडि कार्की निवासमा घटना भएपनि प्रहरी भने दोषीलाई पक्राउ गर्न सकेको छैन ।

घटनाको सत्ययतथ्य पत्ता लगाई तोडफोडमा संलग्नलाई तत्काल कारवाहीको दायरामा ल्याउन नेबिसंघ नवलपुरका अध्यक्ष राजेश पौडेलले माग गरेका छन् ।

घटनाबारेमा छिटो बास्तविकता पत्ता लगाउन नेविसंघ नवलपुरका नेता कार्यकर्ताले जोडदार माग गरेका छन् । सामाजिक संजालमा पोष्ट गर्दै नेविसंघका नेताहरूले आपत्ति जनाएका हुन् ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Published : Friday, 2019 March 22, 10:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया