डा.शेखर कोइरालाको टिप्पणीले शीतल निवासमा हँगामा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनैपनि हालतमा पछाडि फर्कन नसक्ने बताएका छन् ।

जीपी कोइराला फाउण्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा.कोइरालाले शहीदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए ।

राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुने उनले बताए । डा.कोइरालाले छिटोभन्दा छिटो ऐन बनाएर धर्मको मुद्दा टुंग्याउनु पर्ने बताएका छन् ।

डा.कोइरालाले संवैधानिक राष्ट्रपतिको अहिलेको क्रियाशीलता र सक्रिय भूमिकाले सबैलाई झस्काएको बताए ।

डा.कोइरालाले भने, ‘हाम्रो संविधानले राष्ट्रपतिलाई सेरेमोनियल भनेको छ । अहिले राष्ट्रपतिलाई जसरी सक्रिय बनाउँन खोजिएको छ यसले मुलुकलाई हित गर्दैन ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको नाम नलिएर सक्रिय बन्न खोजेको भन्दै आपत्ति जनाए ।

राष्ट्रपति भण्डारीलाई कम्युनिस्ट सरकारले बिलासी सुविधा दिएकोमा कांग्रेस नेता डा.कोइरालाले असन्तुष्टि जनाए । ‘सर्वहारा जनताको पार्टीबाट राष्ट्रपतिमा निर्वाचितका साथै प्रधानमन्त्री र मन्त्रीहरूको विलासी जीवन शैलीलाई कसैले पनि मन पराएका छैनन्’, उनले भनेका छन् ।

कांग्रेस केन्द्रीय सुजाता कोइरालाले मुलुक र प्रजातन्त्रका निम्ति कांग्रेस एक ढिक्का हुनुपर्ने बताइन् ।

केन्द्रीय सदस्य गगन थापाले पार्टीका जिम्मेवार नेताहरूलाई संविधानसँग बाझिने कुरा गर्दै नहिड्न चेतावनी दिए ।

Published : Friday, 2019 March 22, 10:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया