कांग्रेस नेता सिटौला बिरामी, आइसियुमा उपचार हुँदै

काठमाडौं । स्वास्थ्यमा अचानक समस्या देखिएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अस्पताल भर्ना गरिएको छ ।

सिटौलालाई शुक्रबार साँझ अस्पताल भर्ना गरिएको नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले जानकारी दिए । सिटौलालाई काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको छ ।

कांग्रेसका नेता सिटौलालाई आइसियुमा राखेर उपचार भइरहेको छ ।

चिकित्सकहरूले सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको बताएका छन् ।

सिटौलाको उपचारमा डा.भगवान कोइरालासहितका चिकित्सकहरूको समूहले उपचार गरिरहेको छ ।

रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइएको छ ।

सिटौला बिरामी भएको समाचार थाहा पाएपछि शुभेच्छुक र नेपाली कांग्रेसका नेताहरू भेट्न अस्पताल पुगेका छन् ।

उनीहरूले सिटौलाको स्वास्थ्यको जानकारी लिनुका साथै शिघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।

Published : Friday, 2019 March 22, 8:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया