कम्युनिस्ट सरकारबाट दाङले पायो अर्को झट्का, महरा–पोखरेल हेरेको हेरै

बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई धक्का लाग्ने गरेर कम्युनिस्ट सरकारले रुपन्देही जिल्लामा प्रदेशस्तरीय ठूलो सरकारी मेडिकल कलेज खोल्न लागेको छ ।

दाङका शंकर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री छन् । दाङ क्षेत्र नं. २ बाट कृष्णबहादुर महरा प्रतिनिधि सभामा सभामुख छन् । यति ठूला कम्युनिस्ट हस्ती हुँदा हुँदै रुपन्देहीले प्रदेश राजधानीलाई सहयोग मिल्ने गरेर सरकारीस्तरको ठूलो मेडिकल कलेजको कार्यक्रम ल्याएको छ ।

सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले धमाधम रुपन्देहीमा ठूला कार्यक्रमहरू ल्याइरहेका छन् । तर, दाङका पोखरेल र महराले कुनै पनि ठूला कार्यक्रम लैजान नसकेको आरोप छ ।

केन्द्र र प्रदेशको कम्युनिस्ट सरकार तथा दाङका जनप्रतिनिधिहरूले केही गर्न नसकेकै कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान विवादभित्र छ । यस्तो अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई नै असर पर्ने गरेर रुपन्देहीमा प्रादेशिक मेडिकल कलेज खुलेपछि दाङका जनतामा निराशा छाएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले रुपन्देहीमा सरकारी मेडिकल कलेजको कार्यालयको उदघाटन र मेडिकल कलेज निर्माणस्थलको शुक्रबार शिलान्यास गर्दैछन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँमिलदेखि ५ सय मिटर पूर्व प्यारामाउन्ट टोलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको हो ।

योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुने छ ।

त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । डिपिआर लगत्तै २ सय बिगाहा क्षेत्रफलमा तत्काल २ वटा ठूला–ठूला भवन बन्नेछन् ।

मासिक ३५ हजार भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी छ ।

गत फागुन ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा, प्रदेश २ को महोत्तरीको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो ।

दाङमा राजधानी बनाउने भनेर चर्चा चलिरहेको तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लिएर विवाद भैरहेका बेला प्रधानमन्त्री ओलीले रुपन्देहीमा मेडकल कलेजको उदघाटन गर्न लागेका हुन् ।

रुन्देहीमा सरकारी प्रादेशिक मेडिकल खुल्ने भएपछि दाङलाई धक्का लागेको छ ।

Published : Friday, 2019 March 22, 12:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया