कम्युनिस्टको अधिनायकवाद बाल कांग्रेसलाई भन्ने बेला आयोः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले एक वर्षको समयमा कम्युनिस्ट सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शुक्रबार बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सूर्यमा भोट हालेका मतदाताहरू समेत केपी ओलीको सरकारसँग रिसाएको बताए । सूर्यमा भोट हालेका मतदाताहरूले बिकल्प खोजीरहेको उनले बताए ।

‘प्रधानमन्त्री ओलीजीको भान्से र चालकले जले एमालेमा भोट हालेका थिए, उनीहरूले समेत मैले किन सूर्यमा भोट हालेको छु भनेर पछुतो मानेका अवस्थामा छन्’, उनले भने, ‘सूर्य चिन्हमा भोट हालेका व्यक्तिले पछुतो मानेका छ । कांग्रेसलाई सम्झिरहेका छन् । केपी ओलीको सरकारसँग रिसाएका छन् ।’ उनले ओली सरकारसँग रिसाएको भए त ठीकै हुने तर, सिस्टमसँग मान्छे रिसायो भने लोकतन्त्रमाथि नै खतरा हुने बताए ।

उनले भने, ‘केपी ओलीको मान्छे रिसाओस् ठीक छ । कांग्रेसले सम्हाल्नेछ । तर, मान्छे सिस्टमसँग रिसायो भने खतरा हुन्छ । सिस्टमसँग रिसायो भने त्यसले गम्भीर समस्या पैदा हुन सक्छ ।’ उनले वर्तमान कम्युनिस्ट सरकारसँग जनताले गरेको आशा र अपेक्षा निराशामा बदलिएको बताए ।

‘काठमाडौंको मयरले गर्न नसकेको काम अर्को पटक हामीले गरौँला’ भनेर पनि कांग्रेसले देशको अवस्थालाई सुधार गर्दै जनताको अपेक्षा पूरा गर्नुपर्ने थापाले बताए ।

‘प्रधानमन्त्री ओली नेतृत्वको यो सरकारले राम्रोसँग काम गरिदिएको भए कांग्रेसले रचनात्मक सहयोग गर्ने थियो’, युवा नेता थापाले भने, ‘सरकारले केही पनि गर्न सकेको छैन । केही पनि नगर्ने सरकारलाई खबरदारी र सहि बाटोमा ल्याउनुभन्दा कांग्रेससँग अर्को बिकल्प छैन ।’

प्रधानमन्त्री बन्दै गर्दा ओलीले आफूलाई आलोचना गरेको बताएका थापाले भने, ‘कुराभन्दा अरु केही पनि भएको छैन । आश्वासन मात्रै बाँडिएको छ । ओलीजीले आलोचना सुन्नै चाहनु हुन्न ।’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत, लोकसेवा आयोगलगायत संवैधानिक निकायलाई हस्तक्षेप गरेको भन्दै कांग्रेस नेता थापाले नेपाली सेनालाई संवैधानिक व्यवस्था कुल्चेर हस्तक्षेप गर्ने गरी विधेयक ल्याएको बताए । ‘लोक सेवा आयोगको विधेयक सरकारले लुकाएको छ । सर्वोच्च अदालतमा हस्तस्तक्षेप गरिएको छ’, उनले भने, ‘ओली आफूले प्रहरी, प्रशासन, अदालतसहितका सबै अड्डा अदालत चलाउन थाल्नुभएको छ । यो गम्भीर विषय हो । सबै शक्ति आफूमा केन्द्रिकृत गर्नुभएको छ ।’

सामाजिक सञ्जाल नियन्त्रण गर्ने बहानामा कम्युनिस्ट सरकराले अभिव्यक्ति स्वतन्त्रतामा अकंशु लगाउन थालेको कांग्रेस नेता थापाले बताए ।

‘सामाजिक सञ्जालमा कसैलाई जिस्कारउन पाइँदैन । प्रधानमन्त्री ओलीजीले भनेको पानीजहाजको फोटो फेसबुक वा ट्वीटरमा राख्नुभयो भने तपाईलाई अब प्रहरीले पक्राउ गरेर लैजानेछ’, उनले भने, ‘सामान्य विचार राख्न पाउनेदेखि सबै अधिकार प्रधानमन्त्री ओलीजीले खोसेर लैजानु भएको छ ।’ कांग्रेसका लागि संविधानले प्रत्याभुत गरेका अधिकारको रक्षा गर्ने चुनौती आएको भन्दै नेता तथा कार्यकर्ताहरूलाई तयारी अवस्थामा रहन आग्रह गरे ।

उनले कांग्रेस र कम्युनिस्टमा यही हो फरक भन्ने कुरा जनतालाई देखाउने पर्ने बताए । ‘संविधान र अभिव्यक्ति स्वतन्त्रतामा खतरा भयो भन्ने कुरा हामीले भन्नुपर्छ । नयाँ पुस्तालाई जानकारी गराउनुपर्छ’, थापाले भने, ‘कांग्रेस चुप लागेर बस्न सक्दैन ।’

वर्तमान कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओली हरेक क्षेत्रमा असफल भएको बताए । ‘यो सरकारले सीके राउत र विप्लवलाई हेण्डल गर्न जानेन । देश बाहिर पनि हेण्डल गर्न जनेको छैन । देशभित्र पनि हेण्डल गर्न जानेन’, उनले भने, ‘यस्तो अवस्थामा सरकारले लगानी सम्मेलन गर्दै छ । आफ्नै नागरिकलाई विश्वासमा लिन नसकेको सरकारले देश बाहिरकोलाई विश्वासमा लिन सक्छ जस्तो मलाई लाग्दैन ।’

कांग्रेसका नेता थापाले पार्टीले गर्ने कार्यक्रमहरूमा आफ्ना छोराछोरी, गाउँका भाईबहिनीहरूलाई पनि सहभागी गराउनुपर्ने सुझाव दिए । ‘सानामा हामी कांग्रेसको कार्यक्रममा जाँदा बाल कांग्रेस भन्थे’, उनले भने, ‘हामीले कांग्रेसका बारेमा जानकारी दिनका लागि पनि हाम्रा भाईबहिनीहरूलाई कार्यक्रममा ल्याएर कांग्रेस र कम्युनिस्टहरूको फरक र सिद्धान्तका बारेमा पनि जानकारी दिनुपर्छ ।’

कांग्रेसका युवा नेता तथा सांसद थापाले पहिला जस्तो बजेट क्षेत्रमा ल्याउन समस्या रहेको बताए । ‘पहिला जस्तो अहिले केन्द्रबाट सिधै बजेट ल्याउन सकिदैन’, उनले भने, ‘बजेट सबै प्रदेश र स्थानीय सरकारमा आएको छ । स्थानीय सरकार राम्रो भएपनि प्रदेश सरकार अस्तव्यस्त छ । त्यही भएर विकासका कार्यक्रम गर्न समस्या भएको छ ।’

नेपाली कांग्रेसमा रहेकोले पनि काम गर्न झन् कठिनाइ भैरहेको उनले बताए । तर, कांग्रेसले खबरदारी गर्न दायित्वबाट पछाडि नहट्ने बताए ।

Published : Friday, 2019 March 22, 11:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया