महामन्त्रीको निवासमा कांग्रेस नेताहरूको ऐतिहाँसिक होली (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको निवासमा नेता तथा कार्यकर्ताहरूले भव्य रुपमा होली पर्व मनाएका छन् ।

काठमाडौंको टोखास्थित महामन्त्री डा.कोइरालाको निवासमा बुधबार जम्मा भएका सयौँ नेता तथा कार्यकर्ताहरूले होली पर्व मनाएका हुन् । होली खेल्न आएका नेता तथा कार्यकर्ताहरूलाई डा.कोइरालाले अबिर र रंग लगाएर स्वागत गरेका थिए ।

कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले पनि महामन्त्री डा.कोइरालालाई अबिर र रंग लगाइदिएका थिए ।

होली खेल्न महामन्त्री डा.कोइरालाको निवासमा विजयकुमार गच्छदार, बालकृष्ण खाँण, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, दीपक गिरी, डा.मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ‘डिना’, चन्द्र भण्डारी, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, कांग्रेसका युवा नेता मनोजमणि आचार्य, प्रतिमा गौतम, नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटी लगायतका नेताहरू आएका थिए ।

 

     

Published : Wednesday, 2019 March 20, 9:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया