संघीयता र हिन्दूराष्ट्रका बारेमा जनमत संग्रह गरौंः शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरेका छन् ।

काठमाडौंको टोखास्थित आफ्नै निवासमा फागुपूर्णिमाका अवसरमा बुधबार आयोजित चियापान कार्यक्रममा बोल्दै महामन्त्री डा.कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफूले पहल गर्ने बताए ।

उनले पार्टीको विभागहरू तत्काल गठन गर्नपनि सभापति देउवासँग आग्रह गरे ।

‘पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने आवश्यक्ता छ’, महामन्त्री डा.कोइरालाले भने, ’, महामन्त्री डा.कोइरालाले भने, ‘कम्युनिष्टहरू एकजुट भएका बेला पार्टीभित्रको एकता नभए कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्छ ।’

महामन्त्री डा.कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् । ‘धेरैजसो हिन्दू धर्मालम्बीहरूले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरूको मागअनुसार मैले हिन्दूराज्यको पक्षमा अडान लिएको छ’, उनले भने ।

राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री डा.कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दवाव दिन सबैलाई आह्वान गरेका छन् ।

उनले कांग्रेस जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताए ।

Published : Wednesday, 2019 March 20, 6:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया