होलीमा सुजाता कोइरालासँग रमाए मोरङका कांग्रेस कार्यकर्ता (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गृहनगर मोरङमा आफ्ना शुभेच्छुकहरूसँग होली पर्व मनाएकी छिन् ।

जीपी फाउण्डेसनले मोरङको विराटनगरमा बुधबार आयोजना गरेको होली मिलन कार्यक्रममा सहभागी भएर नेतृ कोइरालाले होली पर्व मनाएकी हुन् । कोइरालाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई रंग, अविर लगाइदिएकी थिइन् ।

कांग्रेस नेतृ कोइरालाले होलीमा रमाउन सबैलाई आग्रह गरेकी छिन् ।

मोरङ कांग्रेसका नेता तथा कार्यकर्ताहरूले कोइराला परिवारसँग होली खेल्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

 

Published : Wednesday, 2019 March 20, 12:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया