कांग्रेस नेता खाँणले शुभेच्छुकहरूसँग आफ्नै निवास मनाए होली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूसँग होली मनाएका छन् ।

बुधबार बिहान काठमाडौंस्थित निवासमा खाँणले होली पर्व मनाएका हुन् । होली मनाउन नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राज खनाल, जन्मजय तिमल्सिना सहितका नेता तथा कार्यकर्ताहरू निवासमा पुगेका थिए ।

होली मनाउन आएका शुभेच्छुकहरूसँग खाँणले अविर र रंग लगाएर होली मनाएका छन् । उनले देशभरिका सबैलाई शुभकामना समेत दिएको पूर्वसांसद राजु खनालले जानकारी दिए ।

कांग्रेसका युवा नेता खनालले पनि आफ्नो निवासका साथै साथीहरूसँग होली पर्व मनाएका छन् ।

Published : Wednesday, 2019 March 20, 12:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया