गोली हानाहानपछि विप्लवका चार कमाण्डर पक्राउ

बनेपा । प्रहरीले काभ्रे जिल्लाबाट नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कमाण्डरहरूलाई पक्राउ गरेको छ ।

रोशी गाउँपालिकाको काफ्लेडाँडामा मंगलबार राति विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा चार जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका नेकपाका कमाण्डरहरूको नाम प्रहरीले खुलाएको छैन । पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार राति नै काठमाडौं ल्याइसकेको छ ।

विप्लव समूहले माओवादी जनयुद्धमा जस्तै सिंगो नेपाललाई पूर्वी कमाण्ड, मध्यकमाण्ड र पश्चिम कमाण्ड भनेर बिभाजन गर्दै नेता–कार्यकर्ताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ ।

मंगलबार राति काभ्रेमा प्रहरी र विप्लव समूहबीच दोहोरो फायरिङ भएको थियो । फायरिङमा नेकपाका केही नेताहरू घाइते भएको जनाइएको छ ।

नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पिछा गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2019 March 20, 8:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया