काभ्रेमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

बनेपा । प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच काभ्रे जिल्लामा दोहोरो फायरिङ भएको छ ।

मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखा टेकुको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो ।

ललितपुरको नख्खुमा फागुन १० गते भएको बम विस्फोटको अनुसन्धानका क्रममा काभ्रे पुगेको अपराध महाशाखाको टोली र विप्लव समूहबीच गोली हानाहान भएको छ ।

अपराध महाशाखाका एसपी केदार ढकालका अनुसार मोबाइल टावरका आधारमा विप्लव कार्यकर्ता खोज्दै गएको प्रहरी टोलीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको छ ।

विस्फोटमा संलग्न समूह काभ्रेमा रहेको देखिएपछि काठमाडौंबाट प्रहरी टोली काभ्रे पुगेको थियो ।

एसपी ढकालका अनुसार काभ्रेको रोशी गाउँपालिकामा गोली चलेको छ । घटनाको थप विवरण भने आउन सकेको छैन ।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका कार्यकर्तामाथि निगरानी बढाएको छ ।

फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको छ ।

Published : Tuesday, 2019 March 19, 10:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया