अमेरिकामा महँगो अस्पतालमा सीताको उपचार, कसले दियो खर्च ?

काठमाडौं । अमेरिकामा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहाललाई सुविधा सम्पन्न र महँगो अस्पतालमा उपचार गराएका छन् ।

जोन होप्किन्स आउटपेन्ट सेन्टरमा प्रचण्डले पत्नीको उपचार गराएका हुन् । उपचार शुरु भएको जनाइए पनि कति दिन र कसरी उपचार भैरहेको छ गंगाले केही बताएकी छैनिन् ।

पार्किन्सन रोगबाट पीडित सीता दाहाललाई प्रचण्डले दुई दिन अगाडि अमेरिका उपचार गराउन लगेका थिए । सीतालाई ब्लड प्रेसर र सुगरको रोग पनि लागेको छ ।

प्रचण्डकी कान्छी छोरी गंगा दाहालले अस्पतालको बाहिर लिइएको सामूहिक तस्वीर फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।

प्रचण्ड पत्नी सीताको उपचार गउराउन जाने क्रममा छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्यलाई लिएर अमेरिका गएका हुन् । तस्वीरमा अर्की एकजना महिला पनि देखिएकी छिन् ।

सीता दाहालको उपचार अमेरिकामा भैरहेको छ । उनको खर्चका विषयमा केही भनिएको छैन ।

कम्युनिस्ट सरकारले पनि सीता दाहालको खर्च व्यहोरेको छ वा छैन केही भनेको छैन । सीता दाहालको यति महँगा उपचारलाई लिएर नेपालमा विभिन्न अड्कलबाजी भैरहेका छन् ।

प्रचण्ड प्रधानमन्त्री हुँदा देखाएको सम्पत्ति विवरणअनुसार यति महँगो र अमेरिकामा गएर उपचार गराउने हैसियत देखिदैन ।

Published : Tuesday, 2019 March 19, 10:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया