कांग्रेसले बनायो सर्वसम्मत तीन समिति, दियो एकताको सन्देश

काठमाडौं । नेपाली कांग्रेसले अनुशासन समितिलाई पूर्णता दिँदै नियमावली मस्यौदा र केन्द्रीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुशासन समितिलाई पूर्णता दिएको हो ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार भीष्मराज आङ्दम्वेको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’को बाँकी रहेको दुई सदस्यहरूमा प्रस्तावित उमाकान्त चौधरी र धनराज गुरुङलाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको छ ।

बैठकले यसअघिको केन्द्रीय अनुशासन समितिमा रहेका संयोजक रमेश रिजाल लगायत समितिका सबै सदस्यलाई धन्यवाद व्यक्त गरेको छ ।

नियमावली मस्यौदा समितिको संयोजक रमेश लेखकलाई बनाइएको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २२ (६) अनुसार देहाय बमोजिमको ‘पार्टी नियमावली मस्यौदा समिति’लाई बैठकले सर्वसम्मतिले गठन गरेको छ ।

समितिको संयोजकमा लेखक तथा सदस्यहरूमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल रहेका छन् ।

राधेश्याम अधिकारीको संयोजकत्वमा कांग्रेसले केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३५ (१) अनुसार देहाय बमोजिमको “केन्द्रीय निर्वाचन समिति” सर्वसम्मतिले गठन गरेको हो । समितिको संयोजकमा राधेश्याम अधिकारी तथा सदस्यहरूमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल चयन भएका छन् ।

नेपाली कांग्रेसले मुलुकभर अत्यन्त हर्षोल्हासका साथ मनाइने होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटोतर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भन्दै शुभकामना दिएको छ ।

Published : Tuesday, 2019 March 19, 7:55 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसले बनायो सर्वसम्मत तीन समिति, दियो एकताको सन्देश”

  • एकताको सन्देशले निराशा भएका सम्पुर्ण आम कार्यकता खुसी याली आउने छ
    जय नेपाल

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया