पिके क्याम्पसका प्रध्यापक र विद्यार्थी आन्दोलित, कम्युनिस्ट सरकारले सुनेन माग

काठमाडौं । त्रिभुवन विश्व विद्यालयअन्तर्गतका आंगिक क्याम्पसहरू महिला प्रमुखको माग गरेर महिला प्रध्यापकहरूले आन्दोलन गरेका छन् ।

महिला प्रध्यापक र विद्यार्थीले काठमाडौंको बागबजारस्थित पदमकन्या क्याम्पसमा आइतबार बिहान महिला प्रध्यापकलाई क्याम्पस प्रमुख बनाइनुपर्ने माग गरेर क्याम्पस हाताभित्र नाराबाजी र प्रदर्शन गरेका छन् ।

प्रध्यापक निर्मला उप्रेतीका अनुसार आंगिक क्याम्पसहरूमा ३३ प्रतिशत महिलालाई क्याम्पस प्रमुख बनाउन माग गरेर चरणबद्ध आन्दोलन गरिएको जानकारी दिइन् ।

उनले भनिन्, ‘हाम्रो माग संविधानभन्दा बाहिरको छैन । महिला प्रध्यापकहरू सक्षम छन् । उनीहरूलाई पनि क्याम्पस प्रमुखको जिम्मेवारी दिइनुपर्छ भन्ने छ ।’

महिलाले मात्रै अध्ययन गर्ने पदम कन्या क्याम्पसमा समेत पुरुषलाई क्याम्पस प्रमुख गराउने गरिएपछि महिला प्रध्यापक र विद्यार्थी रिसाएका हुन् ।

फागुन २७ गतेदेखि आंगिक क्याम्पसहरूमा संवैधानिक व्यवस्थाअनुसार ३३ प्रतिशत महिला क्याम्पस प्रमुख राख्नुपर्ने माग गरेर महिला प्रध्यापकहरू आन्दोलनमा छन् ।

उनीहरूले कुनै पनि हालतमा महिला प्रध्यापकहरूलाई क्याम्पस प्रमुख बनाइनुपर्ने अन्यथा आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

महिला प्रध्यापकहरूको आन्दोलनको विरोध गर्दै प्रध्यापक संघको नामबाट विज्ञप्ति आएपछि पदम कन्या क्याम्पसका महिला प्रध्यापक र विद्यार्थी आक्रोशित बनेका छन् । उनीहरूले संवैधानिक व्यवस्थाअनुसार माग राख्दा विरोध गर्नेहरूप्रति आक्रोश जनाएका छन् ।

६१ वटा आंगिक क्याम्पसमा छन् । चार वटा नर्सिङ कलेजमा पनि छन् । रत्नराज्य कलेजसहित चार वटामा मात्रै महिला क्याम्पस प्रमुख रहेका छन् ।

महिला प्रध्यापकहरूले त्रिवि उपकुलपति, रेक्टर, क्याम्पस प्रशासनहरूमा ताला बन्दी गरिसकेका छन् । उनीहरूको आन्दोलन चर्किदै गएको छ ।

Published : Sunday, 2019 March 17, 11:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया