भीम रावलका कार्यकर्ता कांग्रेसमा प्रवेश, धक्का लाग्यो कम्युनिस्टहरूको किल्लामा

मंगलसेन । कम्युनिस्टहरूको दब्दबा मानिने अछाम जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

अछाम जिल्लाको ढकारी गाउँपालिकामा बिहीबार आयोजित गाउँपालिकास्तरीय आमसभामा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले जानकारी दिए ।

नेकपाले निर्वाचनका बेला जनता समक्ष गरेको प्रतिवद्धता पूरा गर्न नसकेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

सभापति स्वाँरका अनुसार नेकपाका काशिराम साउँद, विराखर जैसीसहित २०–२२ जना नेता तथा कार्यकर्तालाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले पार्टी प्रवेश गराएका हुन् । साउँद वडाध्यक्षका उम्मेदवार पनि हुन् ।

सभालाई सम्बोधन गर्दै नेता लेखकले कम्युनिस्टहरू बोली र व्यवहारमा अन्तर रहेको बताए । ‘जनतालाई झुक्काउन कम्युनिस्टहरू माहिर हुन्छन्’, उनले भने, ‘कम्युनिस्टहरूका कारण देश द्वन्द्वमा फस्दै गएको छ ।’

अछाम जिल्लाबाट तत्कालीन एमालेका नेता भीमबहादुर रावल निर्वाचित भएका छन् ।

Published : Friday, 2019 March 15, 11:58 am

2 प्रतिकृया प्राप्त “भीम रावलका कार्यकर्ता कांग्रेसमा प्रवेश, धक्का लाग्यो कम्युनिस्टहरूको किल्लामा”

  • यदि आफ्नै पार्टी माथि बिश्वास नलागेर अर्को पार्टीमा प्रबेश गर्ने नेताहरु के देशको बिकास गर्न पछि लाग्लान र जो कार्यकर्ता आफ्नो पुरानो पार्टी छोडी आर्को पार्टिमा जान्छ भने त्यो कहिल्यै नि देश प्रती माया राख्ने ब्यक्ती होईन।।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया