कांग्रेसले राख्यो अकस्मात पत्रकार सम्मेलन

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था, डा.गोविन्द केसीको अनशनलगायतका विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखेको छ ।

नेपाली कांग्रेसले आकस्मिक रुपमा बुधबार बोलाएको पत्रकार सम्मेलनमा कम्युनिस्ट सरकारका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्नेछ । कांग्रेसको पार्टी मुख्यालय सानेपामा साढे १ बजे पत्रकार सम्मेलन हुँदै छ ।

कम्युनिस्ट सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालहरूलाई केन्द्र मातहत राख्ने भनेर आएका समाचारका बारेमा पनि कांग्रेसले आफ्नो धारणा दिनेछ ।

कांग्रेसले डा.केसीको आन्दोलनमा पनि ऐक्यवद्धता जनाउँदै आएको छ ।

Published : Wednesday, 2019 January 30, 12:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया