नेविसंघले जलायो प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला
गोरखा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गोरखाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला जलाएको छ ।
पार्टी कार्यालय तीनधारेबाट नाराबाजी गर्दै नेविसंघले हरमटारीस्थित जिविस चोकमा शनिबार दिउँसो पुत्ला दहन गरेको हो ।
आफैंले गरेको सम्झौताविपरीत ओली सरकारले डा.गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा नगरेको, छ महिना हुँदा समेत बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पहिचान गरी कारवाहीको दायरामा ल्याउन नसकेको, वाइडवडी जहाज खरिदमा भएको भनिएको अनियमितताबारे छानविन नगरेको भन्दै नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाएको नेविसंघ गोरखा सभापति सुवास अधिकारीले बताए ।
बहुमतको आडमा सत्तारूढ दल नेकपाले प्रतिपक्षी दलको विरोध हुँदाहुँदै संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेस र उसको भातृ संस्थाले विरोध गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत