कांग्रेसको महासमिति बैठक आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आइतबार सम्पन्न हुने भएको छ ।

पुस २९ बाट सुरु बैठक ९ दिनपछि सम्पन्न हुन लागेको हो । महाधिवेशन प्रक्रिया पुस २८ बाटै सुरु भएको थियो । पदाधिकारी संख्या र निर्वाचन पद्धतिलाई लिएर शीर्षस्थ नेताबीचको विवादले महासमिति लम्बिएको थियो ।

नेताहरूबीच कुरा मिलेपछि संघीय संरचनाको विधानको मस्यौदा शनिबारको बैठकमा प्रस्तुत गरियो । विधानमाथि छलफल गर्ने बेला ५० प्रतिशतभन्दा बढी महासमिति सदस्य घरफर्किसकेका छन् ।

Published : Sunday, 2018 December 23, 11:04 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया