दाङ दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो, घाइतेको नाम खुल्यो

घोराही । दाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

तुलसीपुर–सल्यान सडकखण्डमा शुक्रबार अपरान्ह साढे चार बजे तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३ राम्री भन्ने स्थानमा बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको दाङ प्रहरीले जनाएको छ । बस रोडबाट अन्दाजी ६–७ सय मिटर तलखसी दुर्घटना भएको थियो ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट डिएसपी प्रेम शाहीको कमाण्डमा १९ जनाको टोली खटिएको थियो ।

दुर्घटनास्थलमा ३ महिला १३ पुरुष गरी जम्मा १६ जना शव फेला परेको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।

दुर्घटनास्थलमा ५ महिला ५ पुरुष गरी जम्मा १० जना घाइतेलाई राप्ती अंचल अस्पताल तुलसीपुर दाङमा ल्याएर उपचार गरिएको छ ।

दुर्घटनामा परेको बस कृष्णसेन ईच्छुक पोलिटेक्निकल इन्स्टिच्युट घोराहीको रहेको छ । बसमा इन्स्च्यिुटका विद्यार्थी, कर्मचारी र शिक्षक शैक्षिक भ्रमणको लागि सल्यान जाँदै थिए ।

दुर्घटनामा घाइते हुनेमा जिल्ला जुम्ला तातोपानि गाउँपालिका १४ बस्ने वर्ष १८ कि हिमाली हमाल, चन्दनाथ गाउपालिका ३ बस्ने वर्ष १६ को कुशेन्द्र खत्री, जिल्ला दाङ घोराही उपमहानगरपालिका १५ रतनपुर बस्ने वर्ष १७ की समीक्षा रोकाया, जिल्ला अछाम मंगलसेन नगरपालिका बस्ने वर्ष १८ का बिक्रम भण्डारी, जिल्ला रुकुम त्रिबेणी गाउँपालिका ३ बस्ने वर्ष १६ को प्रेमबहादुर खड्का, जिल्ला दाङ घोराही उमहानगरपालिका १९ स्युजा बस्ने वर्ष १७ की मेनुका रिजाल घाइते भएका छन । रिजाललाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

जिल्ला जुम्ला चन्दनाथ गाउँपालिका २ बस्ने वर्ष १७ को जीवन भण्डारी, वर्ष १६ की पर्सा रोकाया पनि घाइते भएका छन ।

जिल्ला अछाम मंलगसेन नगरपालिका बस्ने वर्ष १९ को यूवराज ढुंगानाको अवस्था गम्भीर रहेको छ । जिल्ला रुकुम सानोभेरी गाउँपालिका ३ बस्ने वर्ष १६ की रोजिना पुन पनि घाइते भएकी छिन ।

Published : Friday, 2018 December 21, 7:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया