दाङमा बस दुर्घटना दश यात्रुको मृत्यु

घोराही । दाङमा यात्रु बोकेका बस दुर्घटना हुँदा दशजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र नौं पुरुष छन ।

तुलसीपुर–सल्यान सडक खण्डमा शुक्रबार अरान्ह साढे चार बजे तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३ राम्री भन्ने स्थानमा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बस अन्दाजी ६–७ सय मिटर तलखसेको छ । दुर्घटनामा तीनजना घाइते भएका छन ।

दुर्घटनाको जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव उपरीक्षक प्रेम शाहीको कमाण्डमा १९ जनाको टोली र जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी खटिएको छ । बस दुर्घटनाको पूर्ण विवरण र विवरण आउन बाकी छ ।

Published : Friday, 2018 December 21, 6:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया