कांग्रेसका लागि सुवर्ण र बीपी रोएको त्यो क्षण…

काठमाडौं । अमेरिकाबाट उपचार गरी फर्किएका बीपी कोइरालाले २०३३ साल कात्तिकमा सुवर्णशमशेरलाई भेटेका थिए ।

२०२५ सालदेखि बीपी र सुर्वणशमशेरको भेट भएको थिएन । आफनो पार्टीका कार्यवाहक सभापति भेटदा बीपी भावुक भएका थिए । यो भेटमा बीपी र सुवर्णको मौन वार्ता अति नै कारुणिक थियो ।

पक्षघातले अस्वस्थ्य भएका सुवर्णले बीपीलाई भने– ‘राजनीतिमा सघाउने अभिलाषा हुँदा हुँदै पनि आफनो स्वास्थ्यको कारण अब केही गर्न नसक्ने भएकोमा क्षमा चाहन्छु ।’ सुवर्णको यो भनाइले बीपी ज्यादै भक्कानिएका थिए ।

सुवर्णले आफनो ओछयानबाट बीपीलाई आफूले सत्र वषदेखि जिम्मा लिएको कार्यवाहकको भारी बिसाउँदै अब तपाईंले मेरो केन्द्रीय समिति राखेर काउन्सिल बनाएर चलाउनुहोस भनेका थिए ।

बीपी काठमाडौं फर्केको एक सातापछि सुवर्णशमशेरको २०३४ मंसिर ४ गते आफनै निवास कलकत्तामा निधन भएको थियो ।

नेपाली कांग्रेसका नेता रामचन्द्र घिमिरेद्वारा लेखिएको ‘नेपालमा नेपाली कांग्रेस’ नामक कितावमा यो कुरा लेखिएको छ । नेपाली कांग्रेसको अतितका कुराहरूलाई संक्षेपमा घिमिरेले कितावमा लेखेका छन ।

महासमितिको बैठक चलिरहेका बेला लेखक घिमिरे आफैले लेखेका कितावहरू टेबुलमा राखेर मूल गेट अगाडि बसेका छन । ‘कांग्रेसका महासमिति सदस्यहरू देशभरिबाट आउनु भएको छ’, उनले भने, ‘मैले लेखेको यो कितावमा कांग्रेसको इँतिहाँस छ । लगेर पढनुभयो भने धेरै कुरा कांग्रेसका बारेमा जानकारी हुनेछ ।’

सुवर्ण शमशेर अध्ययन प्रतिष्ठानले प्रकाशनगरेको ‘नेपालमा नेपाली कांग्रेस’ कितावको मूल्य जम्मा २५० राखिएको छ । कितावको सम्पादन र संकलन सबै लेखक घिमिरेले गरेका छन ।

Published : Wednesday, 2018 December 19, 12:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया