यी हुन कांग्रेसको बदनाम गर्ने अराजक जिल्ला सभापति

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले देशभरिका कांग्रेसीहरूको शिर झुक्ने गरेर महासमिति बैठकको बन्दसत्रभित्र काण्ड गरेका छन३ ।

केसीको हर्कतले महासमितिमा सहभागी १६ सयभन्दा धेरै महासमिति सदस्य र पर्यवेक्षकहरूको शिर लाजले झुकेको छ । सभापति केसीको चर्तिकलाले कम्युनिस्टहरूले कांग्रेसभित्रको रमिता हेरेका छन ।

मंगलबारको महासमिति बैठकको बन्दसत्रमा नुवाकोट कांग्रेसका सभपाति केसीले मन्चमा उक्लिएर माइक कब्जा गरी अन्टसन्ट बोलेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकटका मानिने नुवाकोट कांग्रेसका सभापति केसीले अनुशासनहीन कार्यगरेको आरोप छ । केसीले केन्द्रीय नेतृत्वप्रति जथाभावी बोल्न थालेपछि महासमिति बैठक स्थलमा तनावको स्थिति उत्पन्न भएको थियो ।

केसीले जथाभावी बोल्न थालेपछि सभापति शेरबहादुर देउवा समूह निकट मानिने सहमहामन्त्री डा.प्रकाश शरण महतले माइक खोसेका थिए । त्यसपछि डा.महत र सभापति केसीबीच मुक्कामुक्की भएको थियो ।

सहमहामन्त्री डा.महत र सभापति केसी नुवाकोट जिल्लाबासी हुन । नुवाकोटमा केसी र महत समूहबीच ठूलो राजनीतिक लडाइँ छ । जिल्लाको लडाइँ महासमितिको बन्दसत्रभित्र देखिएको थियो ।

नुवाकोट कांग्रेसका सभापति केसीले चार दिन भैसक्दा पनि पार्टीको विधान नआएपछि विधानको माग गरेर बोल्न खोज्दा आफूमाथि आक्रमण भएको दावी गरेका छन । केसीले आफू बोल्दै गर्दा सहमहामन्त्री डा.महतले माइक खोसेको आरोप लगाए ।

दुई नेता बीचको माइक खोसाखोस भएपछि बन्दसत्रलाई सभापति देउवाले स्थगित गरिदिएका थिए ।

Published : Tuesday, 2018 December 18, 9:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया