कांग्रेसभित्रको विवाद मिल्यो, पदाधिकारीको संख्या बढयो

काठमाडौं । महासमिति सदस्यहरूको दवावपछि नेपाली कांग्रेसको पदाधिकारी विवाद मिलेको छ ।

कांग्रेसमा अब ९ जना पदाधिकारी रहनेछन३ । पदाधिकारीहरूमध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुनेछन् ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना राख्न सहमत भएका हुन् ।

यो देउवाले प्रस्ताव गरेको संख्या हो । निर्वाचन पद्धतिमा पौडेलको अडान सदर भएको छ ।

सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सबै महाधिवेशनले नै निर्वाचित गर्नेछ । कोषध्यक्ष र प्रवक्ता मनोनीत हुनेछ ।

शीर्ष तहमा भएको सहमतिलाई केहीबेरमा केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्नेछ र विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश हुनेछ ।

विधान संशोधनमा सहमति हुन नसक्दा महासमिति बैठकको छलफल समेत प्रभावित हुँदै आएको छ ।

Published : Tuesday, 2018 December 18, 8:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया