महासमिति सदस्यले सिकाए कांग्रेसका ठूला नेताहरूलाई पाठ

काठमाडौं । बिधान संशोधन मस्यौदाको माग उठेपछि नेपाली कांग्रेसको महासमिति बैठक मंगलबार बिहानैदेखि बस्न सकेको छैन ।

काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसमा शनिबारदेखि शुरु भएको महासमिति बैठकमा महाधिवेशन प्रतिनिधिहरूले मंगलबार बिहान विधान संशोधनको प्रस्ताव माग गरेर बैठक चल्न नदिएका हुन । मंगलबार बिहानैदेखि महासमिति बैठक चल्न सकेको छैन ।

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाका अनुसार संशोधन गर्न भनिएको विधानको मस्यौदा माग गरेर महासमिति सदस्यहरूले बैठक चल्न दिएका छैनन । महासमिति सदस्यसँग कांग्रेसको केन्द्रीय नेतृत्वले खेलवाड गरेको भन्दै नेताहरूले आक्रोश व्यक्त गरेका छन ।

कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू बैठकस्थलको बन्दसत्रमा प्रवेश गर्नेवित्तिकै महासमिति सदस्यहरूले विधान संशोधनको प्रस्ताव माग गरेर नारावाजी र हुटिङ गरेका थिए ।

महासमितिका सदस्यहरूले एउटै स्वरमा नेपाली कांग्रेसको विधान संशोधन गर्न भनिएको महासमिति बैठकमा मूल विषय नै नआएको भन्दै विरोध गरेका थिए । उनीहरूले विधानको मस्यौदा वितरण नहुँदासम्म बैठक चल्न नसक्ने भनेपछि केन्द्रीय नेताहरूलाई ठूलो दवाव परेको छ ।

विधानमा पदाधिकारी थप गर्ने र नगर्ने विषयमा शीर्ष नेताहरूबीच व्यक्तिगत स्वार्थलाई लिएर विवाद हुँदै आएको छ । सभापति देउवा विधानमा पदाधिकारी थप गरे पनि पछि मनोनीत गर्नुपर्ने अडानमा छन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पदाधिकारी पनि निर्वाचित हुनु पर्ने र १४औँ महाधिवेशन छिटोभन्दा छिटो गरेर कांग्रेसमा नयाँ नेतृत्व ल्याउने पक्षमा छन । देउवा पक्षले पाडेल पक्षको कार्यसमितिको समय दुई वर्ष हुँदा हुँदै बीचमा महाधिवेशन गर्ने प्रस्ताव रुचाएको छैन ।

Published : Tuesday, 2018 December 18, 11:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया