सिंहदरबार बैठकमा कांग्रेसभित्रको कुरा मिलने, सहमति खोजी हुँदै

काठमाडौं । नेपाली कांग्रेसमा विधान संशोधन मस्यौदाको विवाद समाधान हुने तर्फ जान सकेको छैन ।

सिंहदरबारमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि विधानमा सहमति नजुटाइ सकिएको छ ।

विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको माग सम्बोधन नगर्ने अडानमा संस्थापन रहेपछि विवाद झन उत्सकर्षतिर पुगेको छ ।

साँझ केन्द्रीय कार्यसमिति बैठकबाट विधानको मस्यौदामा आवश्यक निर्णय लिने निर्णय गर्दै पदाधिकारी बैठक पनि विना निष्कर्ष सकिएको छ ।

पदाधिकारीको संख्या, केन्द्रीय कार्यसमितिको प्रतिनिधित्वलगायतका केही सवालमा देखिएको समस्या केन्द्रीय कार्यसमिति बैठकले समाधान गर्ने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आयव्ययसम्बन्धि प्रतिवेदनमाथि सोमबार पनि छलफल भएको छ ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदनमा केन्द्रीय कार्यसमितिमा अझै सहमति जुटन सकेको छैन ।

कांग्रेसको संस्थापन समूह र वरिष्ठ नेता पौडेल समूहबीच सहमति नजुटेकै कारण प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन सकेको छैन ।

Published : Monday, 2018 December 17, 11:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया