हिन्दू अभियानमा कांग्रेस नेतृ पुष्पा भुसालको साथ

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले शुरु गरेको हिन्दू राष्ट्रको अभियानलाई प्रतिनिधि सभाकी सचेतक पुष्पा भुसालले पनि साथ दिएकी छिन ।

हिन्दू राष्ट्रको अभियानलाई सचेतक एवं केन्द्रीय सदस्य भुसालले साथ दिएकी हुन । हिन्दू राष्ट्रका लागि कांग्रेसलाई दवाव दिन गरिएको हस्ताक्षर अभियानलाई भुसालले समर्थन गरेपछि महासमिति बैठकमा अर्कै माहोल बनेको छ ।

महासमिति बैठकमा सहभागी पार्टी कार्यकर्ताले हिन्दू राष्ट्रका पक्षमा पार्टीले लाइन लिनु पर्ने बताउँदै गरिरहेको हस्ताक्षर संकलनमा सचेतक भुसालले पनि समर्थन जनाएकी हुन् ।

कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने बताइरहेका बेला कांग्रेसका नेता–कार्यकर्ता हस्ताक्षर अभियानमा जुटेका हुन् ।

शनिबारबाट शुरु भएको हिन्दू राष्ट्रका लागि दवाव हस्ताक्षर अभियानमा सोमबारसम्म झण्डै एक हजार महासमिति सदस्यले हस्ताक्षर गरेको महासमिति सदस्य एवं युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

Published : Monday, 2018 December 17, 8:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया