सांसद प्रधानको कार्यले कांग्रेसको शीर उच्च भयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले संसद सचिवालयबाट घरभाडा वापत लिएको रकम फिर्ता गरेका छन् ।

प्रधानले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म संसद सचिवालयबाट घरभाडावापत लिएको ८४ हजार ३ सय रुपैयाँ फिर्ता गरेका हुन् ।

काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका सांसद प्रधानले आइतबार संसद सचिवालयमा पत्र दर्ता गरी भनेका थिए ‘के कति प्राविधिक कारणबाट सो रकम आफ्नो नाममा आएको हो, घर भाडा दिएको अवस्था रहे फिर्ता गर्ने आवश्यक व्यवस्थाका लागि अनुरोध छ ।’

कांग्रेसका सांसद प्रधानले घरभाडा लिएको पाइए आफ्नो मासिक तलब भत्ताबाट कटौती गर्न पनि संसद सचिवालयलाई आग्रह गरेका थिए ।

प्रधानले आफूले २०७० सालको संविधान सभाको निर्वाचनमा निर्वा्चित भएपछि सम्पत्ति विवरणसम्बन्धी सूचनामा काठमाडौं महानगरपालिका २७ मा सगोलको घर रहेकाले घरभाडावापतको रकम नलिने जानकारी गराएको दावी गरेका छन् ।

Published : Monday, 2018 December 17, 7:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया