महासमिति बैठक दुई घण्टालाई स्थगित, केन्द्रीय कार्यसमिति बस्दै

काठमाडौं । महासमितिको बैठक चलिरहेका बेला नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अहिले केही समयपछि बैठक बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘महासमितिको बैठक दुई घण्टाका लागि स्थगित भएको छ । खानापछि बस्ने गरेर स्थगित गरिएको हो’, उनले भने, ‘विधान संशोधनको प्रस्तावमा छलफल गरेर महासमितिमा लैजानेबारेमा केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ ।’

विधानमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच केही विषयमा विवाद छ । विवाद भएपछि महासमितिको बैठकमा विधान संशोधनको प्रस्ताव पेश हुन सकेको छैन ।

कांग्रेसको दोस्रो तहका नेताहरूको पहलमा विधानमा देखिएको विवादित विषयलाई मिलाउने प्रयास भएको एक नेताले बताए ।

वरिष्ठ नेता पौडेल समूहले कांग्रेसको महाधिवेशन छिटो गर्न माग गर्दै आएको छ । त्यो मागलाई देउवा समूहले रुचाएको छैन ।

विधानमा बढाइने पदाधिकार सबैलाई निर्वाचित गराउने पौडेल समूहको प्रस्तावमा देउवा समूहले मन पराएको छैन ।

Published : Monday, 2018 December 17, 11:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया