कांग्रेसका लागि हामी आफैले गर्नुपर्छ, अरुले होइनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट सरकारको दुष्कर्मलाई मात्रै हेरेर कांग्रेसका नेता तथा कार्यकर्ता खुसी हुने अवस्था नरहेको बताएका छन ।

नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा चलिरहेका बेला सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेर युवा नेता थापाले कांग्रेसको लागि नेताहरूले छवि सुधार गर्नुपर्ने बेला आएको बताएका हुन ।

‘कांग्रेसको लागि सरोकारको विषय त आफ्नै छविलाई कसरी सुधार्ने भन्ने हुनुपर्छ’, केन्द्रीय सदस्य थापाले भनेका छन ।

‘जनताले कांग्रेसलाई मत दिनका लागि सरकारको गतिहीनता नै पर्याप्त हुने संकेतहरू देखिएका छन्’, उनले भनेका छन, ‘तर कम्युनिष्ट सरकारको दुष्कर्मले गर्दा सरकार हाम्रो हातमा आइपुग्ने कुराले जनतालाई उत्साहित बनाउला ? कदाचित बनाउनेछैन ।’

कांग्रेसका युवा नेता थापाले महासमिति बैठकबाट पार्टीका लागि आमूल परिवर्तन आवश्यक रहेको बताएका हुन । उनले कम्युनिस्टहरूको लगत कामले मात्रै कांग्रेसलाई फाइदा नहुने बताएका छन ।

कांग्रेसका लागि नेता तथा कार्यकर्ताहरू संगठन निर्माणमा भिडनु पर्ने युवा नेता थापाको अपील छ ।

Published : Monday, 2018 December 17, 11:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया