कांग्रेसका महासमिति सदस्यहरूको सुझावले बन्दसत्रको हल थर्कियो

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्यहरूले विगतको गल्तीलाई शीर्ष नेताहरूले समयमा सुधार गरेर गुट–उपगुटको चंगुलबाट टाढा बस्न चेतावनी दिएका छन ।

काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसमा सोमबारको बन्दसत्रमा धारणा राख्ने अधिकांश महासमिति सदस्यहरूले कांग्रेसलाई गुट–उपगुट र अन्तरघातले समस्याग्रस्त बनाएको बताए ।

उनीहरूले कांग्रेसभित्रको व्यक्तिवादी सोँच र अन्तरकलहलाई समाधान गर्ने हो भने ८० प्रतिशत समस्या आफै समाधान हुने बताएका थिए ।

महासमितिका सदस्यहरूले केन्द्रीय नेतृत्वमा देखिएको व्यक्तिवादी सोँच र आफू निकटका र परिवारलाई मात्रै अवसर दिने परम्पराको विरोध गर्दा हलमा रहेका सदस्यहरूले ताली बजाएर समर्थन गरेका थिए ।

महासमिति बैठकमा बोल्न चाहने सदस्यहरूलाई चार–चार मिनटका दरले समय दिइएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महासमिति सदस्यहरूको सुझाव र धारणा अनुसार नै कांग्रेसको नीति बनाइनेछ ।

कांग्रेसले महासमिति बैठकबाट आफूलाई संविधान र संघीय स्वरुपमा ढाल्नेछ ।

Published : Sunday, 2018 December 16, 9:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया