डा.शशांक कोइरालाको हिन्दू अभियानमा निधि–सिटौला बाधक

काठमाडौं । हिन्दू राष्ट्रको अभियानमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले अबरोध गरेको महासमिति सदस्यहरूले गुनासो गरेका छन ।

निधि र सिटौलाले महासमितिको बैठकमा हिन्दू राष्ट्रको एजेण्डालाई प्रवेश गर्न नदिने आफू निकटका नेताहरूलाई भन्ने गरेको स्रोतले जनाएको छ ।

शनिबारदेखि शुरु भएको कांग्रेसको महासमिति बैठकभन्दा बाहिर आइतबार हिन्दू राष्ट्र घोषणाको अभियानमा हस्ताक्षर चलेको थियो । यो अभियानलाई महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरुले साथ दिएका छन् ।

कांग्रेसका युवा नेताहरूले महासमिति सदस्यहरूलाई हस्ताक्षर गराइरहेका छन् । अभियानलाई सफल हुन नदिन उपसभापति निधि र केन्द्रीय सदस्य सिटौला सक्रिय भएको एक नेताले बताए ।

निधि र सिटौला हिन्दू राष्ट्रको विरोधमा उत्रिएपछि महासमिति सदस्यहरू नै आश्चर्यमा परेका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले केही दिन अगाडि क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा नेपाल सरकारलाई सहयोगी बनाएर कार्यक्रम गरेपछि देशभरि विरोध भएको थियो ।

कम्युनिस्ट सरकार नै क्रिश्चियन धर्म प्रचारमा लागेपछि कांग्रेसमा हिन्दू राष्ट्रको अभियान चलाउन दवाव दिन युवा नेताहरूले अभियान शुरु गरेका हुन ।

नेपाली कांग्रेसलाई दवाव दिने नेताहरूले हिन्दू राष्ट्रको अभियान चलाइरहेका बेला निधि र सिटौलाले अभियानमा नलाग्न आफू निकटका महासमिति सदस्यहरूलाई निर्देशन दिएर हस्ताक्षर नगर्न भनेको एक सदस्यले बताए ।

निधि र सिटौलाले हिन्दू राष्ट्र र धर्मको किन विरोध गरेका हुन् भनेर धेरैले प्रश्न उठाएका छन ।

उपसभापति निधि र केन्द्रय सदस्य सिटौलाले नेपाललाई ‘धर्मनिरपेक्ष’मा नै राख्नु ठीक रहेको बताउने गरेका छन् । उनीहरूले महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरूको हिन्दू राष्ट्रको अभियानलाई असफल बनाउनुपर्ने बताउने गरेको एक महासमिति सदस्यले बताए ।

नेपाली कांग्रेसका उपसभापति निधिले जनकपुरमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदा पनि विरोध गरेर विवादमा तानिएका थिए । निधिले पछिल्लो समय हिन्दू धर्म र हिन्दू राष्ट्रको अभियानको विरोध गर्दै आएका छन् । निधिको यो विरोध शैलीको सबैले आलोचना गरेका छन् ।

सिटौलाले पनि नेपालालाई हिन्दू राष्ट्र बनाउने अभियानमा नलाग्न आफू निकटका नेताहरूलाई दवाव दिएको एक नेताले बताए ।

नेपालको अन्तरिम संविधान घोषणा गर्ने बेलाको कार्यदल सदस्य रहेका सिटौलाले ‘हिन्दू राष्ट्र’ शब्द हटाएर ‘धर्मनिरपेक्ष’ शब्द राख्न विशेष भूमिका खेलेको आरोप छ ।

नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले नै सार्वजनिक रुपमा सिटौलालाई ‘हिन्दूराष्ट्र’ शब्द हटाएर ‘धर्मरिपेक्ष’ भन्ने शब्द राखेको भनेर आलोचना गर्दै आएका छन ।

त्यो कार्यदलमा तत्कालीन नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङ, जनमोर्चाका नेता लीलामणि पोखरेल र कांग्रेस नेता सिटौलाले नेपाललाई ‘धर्मनिरपेक्ष’ बनाउन भूमिका खेलेको आरोप छ ।

नेपाललाई ‘धर्मनिरपेक्ष’ बनाउने भन्ने शब्द राखेपछि त्यस बेलाको संसदको जेष्ठ सदस्य एवम् सभामुख कुलबहादुर गुरुङ र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आश्चर्य व्यक्त गरेका थिए ।

सिटौलालाई तत्काल बोलाएर गिरिजाप्रसाद कोइरालाले यो के गरेको भनेर सातो लिएका थिए ।

सिटौला, नेम्वाङ र पोखरेलले पश्चिमा राष्ट्रहरूको इच्छामा नेपाललाई ‘धर्मनिरपेक्ष’ बनाएको आरोप अहिले पनि लाग्ने गरेको छ ।

Published : Sunday, 2018 December 16, 9:17 pm

1 प्रतिकृया प्राप्त “डा.शशांक कोइरालाको हिन्दू अभियानमा निधि–सिटौला बाधक”

  • अब ई गाई खाने थोत्रा बुढा किन यसरी मान,सम्मान, र सम्पती हुदा हुँदै पनि किनाडलर को खेती गर्न तिर लागे त आस्चायचकित भएको छु म। के अब पश्चिमा मुलुक ले मर्ने बेला मा सास हाल्दिने रहिछ कि कसो

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया