कांग्रेसका आधाभन्दा धेरै सदस्यले दिए हिन्दू राष्ट्रको अभियानलाई साथ

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्यहरुले हिन्दू राष्ट्रको पक्षमा माहोल बनाउन हस्ताक्षर अभियान चलाएका छन् ।

काठमाडौंका रामशहापथस्थित एक पार्टी प्यालेसमा महासमिति बैठक चलिरहेका बेला हिन्दू राष्ट्रका पक्षमा कांग्रेसलाई लैजान दवाव दिने उदेश्यले आइतबार हस्ताक्षर अभियान चलाइएको हो ।

हस्ताक्षर अभियान चलाउने समूहले हिन्दू राष्ट्रका बारेमा कांग्रेसले निर्णय गरेर जानुपर्ने माग राखेको छ ।

कम्युनिस्ट सरकार स्वयं क्रिश्चियन धर्मको प्रचार प्रसार र संरक्षणमा उत्रिएको भन्दै कांग्रेसका नेताहरुले कांग्रेसले हिन्दू धर्मलाई संरक्षणका लागि जनमत संग्रहमा जान दवाव दिएका छन् ।

हस्ताक्षर अभियानलाई महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदेश ३ का संसदीय दलका नेता ईन्द्र बानियाँ, डडेलधुरा कांग्रेसका सभापति कर्ण मल्ल, युवा नेता मीनकृष्ण महर्जनसहितका नेताहरुले साथ दिएका छन् ।

अइतबार बेलुकासम्म साढे छ सय महासमिति सदस्यहरुले हिन्दू राष्ट्रको माग गरेर अभियानमा हस्ताक्षर गरेका छन् ।

महासमिति सदस्यहरुको हस्ताक्षरलाई सोमबार सभापति शेरबहादुर देउवालाई बुझाइने कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए ।

Published : Sunday, 2018 December 16, 7:00 pm

3 प्रतिकृया प्राप्त “कांग्रेसका आधाभन्दा धेरै सदस्यले दिए हिन्दू राष्ट्रको अभियानलाई साथ”

  • जसले दस्तखत गर्न आनाकानी गरिरहेको छ त्यों ईशाइको दलाल हो, दिल्लीको पैसा ले पोलिरहेको छ भन्ने बुझ्न जरुरी छ ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया